काठमाडौँ । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा चार महिला र ११ पुरुष गरी १५ सङ्क्रमित थपिएसँगै पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप हुनेहरुमा मोरङमा चारमध्ये विराटनगरमा दुई, झापामा चार, सुनसरीमा तीन, इलाममा दुई, धनकुटा र तेह्रथुममा एक÷एकजनामा सङ्क्रमण देखिएका छन् ।
प्रदेशमा सोही अवधिमा ८० सङ्क्रमित होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट निको भएका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्यामा २९ हजार ३२७ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख १२ हजार २५९ जनाको पिसिआर परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ पुस २०७७, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश नं २ मा कोरोना विरूद्ध खोप अभियान शुरू हुने
ओलीले लगाए कर्मचारीमाथि कर्के नजर, सरुवाको धम्की
गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु
२७ महिनाभित्रै यस्तो बन्नेछ भरतपुर महानगरको सिटी हल !
प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन : मुख्यमन्त्री गुरुङ
बाँकेमा कोरोनाबाट दुईको मृत्यु