नेकपाभित्रै नयाँ गुट जन्माउने अभियानमा बामदेव गौतम

पार्टी एकता राष्ट्रिय अभियानका नाममा आफ्नो नयाँ गुट जन्माउने अभियानमा वामदेव गौतम जुटेका छन्, यसरी गुट निर्माण भएमा आउने दिनमा ओली र प्रचण्ड नेपाल खेमा जुनकुनैसँग पनि आफ्नो महत्वाकांक्षाका लागि वार्गेनिङ पावर बढ्ने उनले ठानेका छन्

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, १० : ०९
नेकपाभित्रै नयाँ गुट जन्माउने अभियानमा बामदेव गौतम

काठमाडौं । वामदेव गौतम नेकपा ओली खेमाका नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) जस्तै सेना विनाका सेनापति हुन अहिले । बादलसँग तत्कालिन माओवादी केन्द्र निर्माणसम्म र ओलीले गरेको प्रतिनिधीसभा विघटन अगाडीसम्म नेकपाको मौजुदा केन्द्रीय समितिभित्र तीन दर्जन बढी केन्द्रीय सदस्य थिए । राष्ट्रिय सभा, प्रतिनिधीसभा, केन्द्रीय सरकार, प्रदेश सभा, प्रदेश सरकार देखि प्रदेशका पार्टी कमिटिको पदाधिकारीसम्म पनि बादलका मान्छेले केही हिस्सा प्रतिनिधित्व गर्थे । अर्थात भनौं, झण्डै एकीकृत पार्टीको ९ प्रतिशत संख्या गृहमन्त्री बादलका हरेक कमिटिमा प्रतिनिधीत्व थियो ।

तर जब गृहमन्त्री बादलले प्रतिनिधीसभा विघटनको ओलीको कदमलाई अघिल्ले दिनसम्म प्रतिगमन र भोलिपल्टै अग्रगमन देख्न थाले, उनलाई नै गृहमन्त्रालयमा तीन वर्ष राजनीतिक सल्लाहकारका रुपमा साथ दिदै आएका सूर्य सुवेदी देखि सम्पूर्ण नेता कार्यकर्ताले चटक्कै साथ छोडिदिए । शुरुमा उनी ओली समुहमा सेना विनाको सेनापति जस्तै एक्लै लागे । अहिले भने उनले निष्क्रिय बसेका पूर्व माओवादी समुहका नेताहरुलाई सक्रिय बनाउन खोज्दै आफ्नो समुहमा समाहित गरेर ओली समुहमा भित्रयाउने अथक प्रयास गरिरहेका छन् । जुन हालतमा गृहमन्त्री थापा थिए, त्यो भन्दा कमजोर हालतमा नेकपाका उपाध्यक्ष वामदेव गौतमको थियो ।

यो हारमा गौतमले पार्टीभित्रकै अन्तर्घात देखेका छन र त्यस्ता अन्तर्घातलाई कारवाही नगरेको भन्दै ओलीसँग रिसाएका थिए । त्यसपछि उनले निर्वाचित सांसदलाई राजीनामा गराएर उपचुनावमार्फत प्रतिनिधीसभा प्रवेश गर्ने दर्जनौं प्रयास गरे । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्न पार्टीभित्र कार्यदल समेत बनाउन लगाए । हुँदाहुँदा यस्तो अवस्था निम्तियो, वामदेव जता ढल्कियो, सचिवालय उत्तै बहुमतको अवस्थामा पुग्ने स्थिती देखा पर्यो । सेनाविनाको सेनापति भएपनि त्यही एक्लो ढल्काई आफुतिर तान्न उनलाई खुसी बनाउन कहिले संविधान संसोधन कार्यदल, कहिले राष्ट्रिय सभा सदस्य, कहिले प्रतिनिधीसभा सदस्य त कहिले बन्नै नसक्ने प्रधानमन्त्री सम्मका अफर उनका लागि आईरहे ।

उनी सेनापतिमा हेभी वेटका त थिए, तर उनका अघि पछि दर्गुने मानिसहरुको कमी नेकपाभित्र हुदै गएको थियो । गौतमलाई पार्टीभित्र यति कमजोर यदि कसैले बनाएको थियो भने त्यो प्रधानमन्त्री केपी ओलीले नै बनाईदिएका थिए । वामदेव गौतमलाई जीवनमा एकपटक प्रधानमन्त्री बन्ने चरम महत्वाकांक्षाका कारण ओलीले पटक पटक उनलाई खेलाउने काम गरे । अहिले पनि त्यो प्रयासमा ओली पक्ष निरन्तर जुटिरहेको छ । नवौं महाधिवशेनमा गौतमलाई फकाएर ओलीले चुनावमा अध्यक्ष जितेका थिए । नत्र ओलीको अध्यक्ष बन्ने सपना सपनामै सिमित हुन्थ्यो ।
तत्कालिन एमालेको नवौं महाधिवेशनका बेला केपी–वामदेव बीच भित्री सहमति बनेको थियो ।

माधव नेपालको विपक्षमा मोर्चाबन्दी गर्नेगरी काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउण्डेसनको कार्यालयमा ओली पक्षका नेता र वामदेव पक्षका नेताहरुबीच भद्र सहमति बनेको थियो । त्यसपछि संसदीय दलको चुनाव देखि पार्टीको नवौं महाधिवशेनसम्म केपी वामदेव एकै रथका सारथी बनेका थिए । गौशालाको त्यो भद्र सहमतिका बेला वामदेव गौतम पक्षबाट उनी सहित किरण गुरुङ, हरि पराजुली, बलराम बाँस्कोटा, दलबहादुर राना, केशवलाल श्रेष्ठ, रवीन्द्र अधिकारी लगायतका नेता र ओलीका तर्फबाट ओलीसहित अहिलेका राष्ट्रपति विद्या भण्डारी र विष्णु पौडेल लगायत नेताहरु सहभागी थिए ।

वामदेवले संसदीय दलको नेतामा झलनाथको साटो केपी ओलीलाई सघाउने, महाधिवशेनमा पार्टी अध्यक्षमा पनि ओलीलाई साथ दिने, ओलीले पार्टी अध्यक्ष बनेपछि बामदेवलाई संसदीय दलको नेताको जिम्मेवारी हस्तान्तरण गर्ने, ओली प्रधानमन्त्री बनेमा कार्यवाहक अध्यक्षको जिम्मा पनि वामदेवलाई नै दिने र त्यसपछिको महाधिवशेनमा गौतमलाई नेतृत्व हस्तान्तरण गर्ने गरी ओली र गौतमका बीचमा त्यसवेला भद्र सहमति भएको त्यसवेला छलफलमा सहभागी नेताहरु बताउँछन् । त्यसबेला ओलीले गौतमलाई ‘एक व्यक्ति एक पद’ को कार्ड फ्याकेका थिए । सोही सहमति अनुसार ओली संसदीय दलको नेता बने, खनाल हारे । पार्टी अध्यक्ष पनि बने, प्रधानमन्त्री समेत पनि ओली बने । तर शुसिल कोइराला प्रधानमन्त्री भएका बेला उपप्रधान तथा गृहमन्त्रीको पद गौतमलाई दिलाउने बाहेक भद्र सहमतिमा ओली कहिल्यै टिकेनन् ।

गृहमन्त्री बादलकै जस्तो देव गुरुङ, पम्फा भुषाल, हितमान शाक्य, कुलप्रसाद केसी, सूर्य सुवेदी, महेश्वर दाहाल मौसम लिम्वु, नरेश भण्डारी जस्तै गौतमसँग पनि त्यसबेला एकसे एक नेता साथमा थिए । किरण गुरुङ, रघुविर महासेठ, यमलाल कँडेल, योगेश भटटराई, रामकुमारी झाक्री, ठाकुर गैरे लगायतका नेता थिए । नवौं महाधिवशेनमा गौतम ओलीतिर लागेपछि उनको समुह विभाजित भयो । योगेश, रामकुमारीहरु माधव नेपालतिर लागे भने किरण, रघुविर, यमलाल लगायतका नेता ओलीतिर । त्यसमाथी बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, हरि पराजुली लगायतका सदावहार गौतमका सारथी उनी जता ढल्के त्यत्तै ढल्किने गरेका थिए ।

तर जब प्रधानमन्त्रीले संसद विघटन गरे, गृहमन्त्री बादलका निकट भनिएका पम्फा देखी देव गुरुङ सहित सबै टिमले बादललाई छोडे, त्यसै गरी नवौं महाधिवशेनबाट ओलीतिर लागेकाहरु वामदेव भन्दा ओलीका र माधव नेपालतिर लागेकाहरु वामदेव भन्दा माधव नेपालकै नजिक भईदिए । अहिलेसम्म साथमा रहेका बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ लगायतले पनि अहिले प्रचण्ड माधव नेपालतिर आफुलाई समाहित गरे । तर कतै नखुली तटस्थ बसेका भनेर प्रचार गरिरहेका गौतमसँग अहिले हरि पराजुली मात्र देखा परे । पराजुलीको पनि मन प्रचण्ड नेपालतिर भएपनि शरीर मात्र गौतमसँगै देखिएको अवस्था छ ।

नेता देखि कार्यकर्तासम्म कोही आफ्नो पक्षमा नदेखिएपछि अहिले गौतमले पार्टी एकताको सुन्दर नाराभित्र आफुलाई केन्द्रीय संयोजक बनाई यसको नाराभित्रबाट नेता कार्यकर्ता तान्ने र गुट ब्यूताउने जमर्काे शुरु गरेका छन् । त्यसका लागि उनले आउने बुधबार सम्म नेकपा एकता राष्ट्रिय अभियानको औपचारिक घोषणा गर्ने तयारी थालेका छन् । त्यसको सुरुआत उनले शनिवार वक्तब्य दिएर गरिसकेका छन् । तर गौतमलाई चिन्ने बझुनेहरु गौतमले यो नाराभित्र गुट जन्माउने र फेरि आफ्नो लागि ओली र प्रचण्ड नेपाल समुहमा छुटाछुट्टै बार्गेनिङ चलाउने मेसो खोजेका बताउँछन् । हुन पनि नेकपाभित्र एकीकृत रहदा सम्म सबैभन्दा बढी किचलो सचिवालयमा वामदेव गौतमकै लागि भएको छ । उनी बर्दियावाट चुनाव हारे गत प्रतिनिधीसभामा ।

यो हारमा गौतमले पार्टीभित्रकै अन्तर्घात देखेका छन र त्यस्ता अन्तर्घातलाई कारवाही नगरेको भन्दै ओलीसँग रिसाएका थिए । त्यसपछि उनले निर्वाचित सांसदलाई राजीनामा गराएर उपचुनावमार्फत प्रतिनिधीसभा प्रवेश गर्ने दर्जनौं प्रयास गरे । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्न पार्टीभित्र कार्यदल समेत बनाउन लगाए । हुँदाहुँदा यस्तो अवस्था निम्तियो, वामदेव जता ढल्कियो, सचिवालय उत्तै बहुमतको अवस्थामा पुग्ने स्थिती देखा पर्यो । सेनाविनाको सेनापति भएपनि त्यही एक्लो ढल्काई आफुतिर तान्न उनलाई खुसी बनाउन कहिले संविधान संसोधन कार्यदल, कहिले राष्ट्रिय सभा सदस्य, कहिले प्रतिनिधीसभा सदस्य त कहिले बन्नै नसक्ने प्रधानमन्त्री सम्मका अफर उनका लागि आईरहे ।

उनी विधान संसोधन नै गरेर उपाध्यक्ष मात्र बनेनन, संगठन विभागका प्रमुख समेत बनाइए । तर पनि उनले आफुलाई सधै कसरी शक्तिमा पुग्ने र बार्गेनिङको दाउपेचमा लाग्ने भन्दा अन्यत्र सोच्न सकेनन् । नेकपा विभाजन हुनुमा गौतमको चरम महत्वाकाँक्षा र उनीभित्रै वर्षै सचिवालय बैठक घुमिरहनु पनि एक कारण भएको ठान्नेहरु नेकपाभित्र धेरै छन् । तर अहिले उनले एकता राष्ट्रिय अभियानको आर्कषक नारा बाँडेर आफु भने तटस्थताको नीति अवलम्वन गरिरहेका छन् । यो उनको गुट जन्माउने र दुवै खेमामा आफ्नो शक्ति यति छ भन्दै वार्गेनिङको खेलेमेलो भएको कतिपयको बुझाई छ ।

बालुवाटारले त सिधा भनेको पनि छ, गौतम अहिले वार्गेनिङकै चरणमा छन् । कुरा मिलेपछि उनी एउटा कित्तामा लागि हाल्छन् । ’उहाँकी श्रीमती पनि हाम्रै पक्षको केन्द्रीय सदस्य हुन्छ, उहाँलाई कार्यकारी अध्यक्ष बनाऔं भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मानिरहनुभएको छैन,’ ओलीनिकटका एक स्थायी कमिटी सदस्यले भने, ‘त्यसैले धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा वामदेवजी हुनुहुन्छ, उहाँ धेरै नेता कार्यकर्ता एकताका नाममा आफुसँग गोलबद्ध गरेर वार्गेनिङको चरणमै हुनुहुन्छ ।’ पार्टी कानुनी रुपमा विभाजन भएपछि आफ्नो लागि जुन समुहमा गएपनि अहिलेकै पद स्वतः मिलिहाल्ने तर त्यो भन्दा एकताका नाममा केही गुट आफ्नो जन्माउन सके आफनो ब्यक्तीगत स्वार्थका लागि प्रयोग गर्न राम्रै हुने ठानेर उनी अहिले गुट जन्माउने मेसोमा लागेको बुझाई नेकपाका दुवै खेमाभित्र चर्चा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस