काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र मलेसिया १ जनाको निधन भएको हो ।
संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् ।
यो कुल संक्रमितको ९३ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ पुस २०७७, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै