थपिए ५ सय ५४ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, १६ : ३७
थपिए ५ सय ५४ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ सय ५४ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको छ ।

शुक्रबार ५ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ ।

हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ५ हजार २ सय ६९ पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस