सेवाग्राहीसंग १५ हजार घुस लिने इन्स्पेक्टरलाई गृहमन्त्रालय गर्यो निलम्बन

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, १३ : ५४
सेवाग्राहीसंग १५ हजार घुस लिने इन्स्पेक्टरलाई गृहमन्त्रालय गर्यो निलम्बन

काठमाडौं । १५ हजार घुस लिएको अभियोग लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ ।

सेवाग्राहिसंग घुस लिएको आरोप लागेका  इन्सपेक्टर शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।  

सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।  डिएसपी घनश्याम श्रष्ठको रिपोर्टीङका आधारमा तानिएका शर्मालाई निलम्बन गर्न महानगरीय प्रहरी कार्यालयले हेड्क्वार्टरलाई लेखेको थियो ।


 

प्रतिक्रिया दिनुहोस