बाबुरामले सर्वोच्चलाई भने– अरु बाटो रोज्न नपरोस्

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, १४ : ३७
बाबुरामले सर्वोच्चलाई भने– अरु बाटो रोज्न नपरोस्

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनबारे सही बाटो हिँड्न सुझाव दिएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीको ‘गैरसंवैधानिक कदम’ सच्याउने सजिलो बाटो सर्वोच्च अदालतको निर्णय हुन सक्ने बताए। तर अदालतले ‘गलत’ निर्णय लिए त्यसलाई सच्याउन अन्य बाटो हिँड्न बाध्य हुने उनको आशय थियो । 

सामाजिक सञ्जालमार्फत डा भट्टराईले भनेका छन्, ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ। ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ। अरू बाटो रोज्न नपरोस्।’


 

प्रतिक्रिया दिनुहोस