दिउँसो लालटिन बालेर संसद विघटनको धारा खोज्दै अनेरास्ववियु

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, १४ : ०९
दिउँसो लालटिन बालेर संसद विघटनको धारा खोज्दै अनेरास्ववियु

काठमाडौँ । नेकपाको प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियुले संसद विघटनको विरोध गर्दै लालटिन जुलुस निकालेको छ । संसद् विघटन गर्ने सरकारको निर्णय प्रतिगामी भएको ठहर गर्दै माइतीघरमा भेला भएर अनेरास्ववियुले लाल्टिन जुलुस निकालेको हो। 

विद्यार्थीहरुले ‘संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है ? असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लगाएका थिए । विद्यार्थीहरुको जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता तथा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले नेपालको संविधान २०७४ मा संसद विघटन गर्ने कुनै धारा नभएको  बताए । ओलीले प्रतिगामी कदम नसच्चिए आगामी पुस २६ गते केपी ओलीलाई बयलगाडामा राखेर अमेरिका पठाउने उनको दावी थियो । 

प्रतिक्रिया दिनुहोस