संसद विघटनको विरुद्धको रिट सुनुवाईमा पाँच न्यायधिस सम्मिलत संवैधानिक इजलास तोकियो

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, १० : ४५
संसद विघटनको विरुद्धको रिट सुनुवाईमा पाँच न्यायधिस सम्मिलत संवैधानिक इजलास तोकियो

काठमाडौं । प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको भन्दै परेका रिटहरूमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा यसअघि नै गठन भएको ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलासलाई सर्वोच्चले निरन्तरता दिएको छ ।

इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया दिनुहोस