थपिए ५ सय २२ जना संक्रमित, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, १६ : ३५
थपिए ५ सय २२ जना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ ।

मंगलबार ५ सय ७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार हाल देशभर २ सय ३ जना कोरोना संक्रमितको आईसीयुमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस