नाइजरमा शसस्त्र समुहको आक्रमण ७० जना सर्वसाधारणको मृत्यु

एजेन्सी

सोमबार, २० पुस २०७७, १० : ०९
नाइजरमा शसस्त्र समुहको आक्रमण ७० जना सर्वसाधारणको मृत्यु

निआमे । अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँहरूमा शनिबार एक सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तीमा ७० नागरिकको मृत्यु भएको छ ।  अन्य २० जना घाइते भएका छन् । 

सुरक्षा स्रोतका अनुसार मोटरसाइकलमा ठूलो सङ्ख्यामा आएका आक्रमणकारीहरूले आफ्नो समूहका दुई नेता मारिएको बदलामा गरेको हिंसात्मक आक्रमणमा ती निहत्था गाउँले मारिएका हुन् ।

आइतबार नै आतङ्ककारी उक्त समूहका दुई सदस्य गाउँलेहरूसँगको झडपमा मारिएका थिए । नाइजरको यो भाग हालका वर्षहरूमा हिंसात्मक आक्रमणबाट निकै प्रभावित क्षेत्र हो । 

प्रतिक्रिया दिनुहोस