नेपाली काँग्रेसले घोषणा गर्यो संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन

सफल खबर संवाददाता

आइतबार, १९ पुस २०७७, १५ : ४५
नेपाली काँग्रेसले घोषणा गर्यो संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन

file photo

काठमाडौं । नेपाली कांग्रेसले  संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।

पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । उक्त सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् ।

दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ः३० बजेबाट सुरु भएको छ । बैठकमा नेताहरू धारण राख्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस