२४ घण्टामा ४१९ संक्रमित थपिए, ६ को मृत्यु

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, १६ : १३
२४ घण्टामा ४१९ संक्रमित थपिए, ६ को मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । 

जसमध्ये २ लाख ५३ हजार ८५७ निको भएका छन् । बितेको २४ घण्टामा मात्रै ७५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने यससँगै कुल मृतकको संख्या १८७० पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित ५ हजार ७११ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस