मन्त्री प्रभु शाहको गाडीले दियो सर्वसाधारणलाई ठक्कर

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, १४ : ५३
मन्त्री प्रभु शाहको गाडीले दियो सर्वसाधारणलाई ठक्कर

जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु शाह सवार गाडीले आज एक सर्वसाधरणलाई ठक्कर दिएर घाइते बनाएको छ ।

सर्लाहीमा मन्त्री शाहको गाडीले ठक्कर दिएको हो । ठक्करबाट लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ वर्षका बच्चु तामाङ घाइते भएका छन् ।घाइते तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको कम्मर र खुट्टामा चोट छ ।

पूर्वपश्चिम राजमार्गको सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले ठक्कर दिएको प्रहरी स्रोतले जानकारी दियो । सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार मन्त्री सवार गाडीले नै ठक्कर दिएर भागेको हो । 

प्रतिक्रिया दिनुहोस