काठमाडौं । बिहान कफीको सेवनले सक्रिय र शक्ति थपिएको अनुभव हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको बे्रन सेलहरुलाई सक्रिय बनाउँछ । तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन्छ ।
ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक नयाँ अध्ययनका अनुसार बिहान खाली पेटमा कफी पिउँदा शरीरको मेटाबोलिज्म र रगतमा हुने चिनीमा असर पुर्याउँछ ।
कहिलेकाँही अपुरो निन्द्रा, थकान, आलस्य हटाउनका लागि खाली पेटमा बिहानै कफी पिउने गरिन्छ । तर यो समयमा पिउने कफीले शरीरमा परिवर्तन ल्याउँछ । जसले मेटाबोलिज्म बिगार्छ र रगतमा चिनीको मात्रा बढाउँछ ।
लामो समयसम्म यसरी परिवर्तन भइरहँदा गम्भीर स्वास्थ्य समस्या पनि देखिन सक्छ । विशेषतः मधुमेह र मुटुको रोग लाग्ने सम्भावना उच्च रहन्छ । त्यसैले बिहानै उठेर कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक नभएको वैज्ञानिकको ठहर छ ।
ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित उक्त अनुसन्धानमा ३० जना व्यक्तिहरु सामेल थिए । जसको औसत उमेर २१ थियो । अनुसन्धानको सिलसिलामा यी मानिसहरुलाई ३ समूहमा विभाजन गरिएको थियो । र रातको अधुरो निन्द्राका कारण हुने आलस्यबाट छुटकारा पाउनका लागि विभिन्न प्रकारका पेयपदार्थ दिइएको थियो ।
कुनै चिनी भएको पेय पदार्थ दिइयो, कुनै स्ट्रोङ कफी । बिहानको खाजाभन्दा पहिले कफी पिउनेको शरीरमा ५० प्रतिशतभन्दा बढी ब्लड सुगर बढेको भेटियो । वैज्ञानिकका अनुसार खाली पेटमा लगातार कफी पिउने बानीले शरीरमा असर पुर्याउँछ । तर विशेषतः मुटुमा असर पर्छ । यसका साथै, इन्सुलिन रेस्पोन्स पनि प्रभावित हुन जान्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ पुस २०७७, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित
कफीको मूल्य सन् १९७७ यताकै उच्च
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण