कोरोना अपडेट :  ८ जनाको मृत्यु, ४ सय २६ जना संक्रमित थपिए

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १६ : १६
कोरोना अपडेट :  ८ जनाको मृत्यु, ४ सय २६ जना संक्रमित थपिए

काठमाडौँ । देशभर  २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ।

यस्तै थप ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ।

हाल देशभर ६ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् ।
 

   
 

प्रतिक्रिया दिनुहोस