काठमाडौं । राजधानी उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो। मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ।
‘हिउँदे वर्षा अझै भएको छैन। वर्षासँगै उच्च भेगमा हुने हिमपातको प्रभावले स्वाभाविक रूपमा देशैभर चिसो बढ्छ’, महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। अहिले पश्चिमी वायु बलियो नभएकाले तत्काल हिउँदे वर्षाको सम्भावना नरहेको सापकोटाले बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ पुस २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईमा ह्वात्तै चिसो बढेपछि जनजीवन प्रभावित
चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
अत्याधिक चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
चिसोले सर्लाहीको जनजीवन कष्टकर