नेपाललाई सुहाउँदो कोरोना विरुद्धको खोप अनुमोदन

पत्रपत्रिकाबाट

विहीबार, १६ पुस २०७७, ०८ : ००
नेपाललाई सुहाउँदो कोरोना विरुद्धको खोप अनुमोदन

काठमाडौं । नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो । तुलनात्मक रूपमा सस्तो र सामान्य फि«जको तापक्रममा समेत सुरक्षित राख्न सकिने भएकाले यो खोपको प्रतीक्षा विश्वव्यापी रूपमा रहेको छ ।

यो खोपले बेलायतमा मात्र पहिलोपटक प्रयोग अनुमति पाएको हो । बेलायतको सख्त नियामक निकायले अनुमति दिइसकेको अवस्थामा अन्य देशका नियामक निकायले यसलाई अनुमति दिन सजिलो हुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिका संयोजक डा। श्यामराज उप्रेती बताउँछन् । ‘यो अत्यन्त खुसीका कुरो हो,’ डा. उप्रेतीले भने, ‘एमएचआरएको अनुमति विश्व स्वास्थ्य संगठनले दिएबराबर मानिन्छ ।’ बेलायतले यो खोपको १० करोड डोजको अर्डर गरिसकेको छ । त्यसअन्तर्गतको ४० लाख डोज केही दिनमा उपलब्ध हुने बेलायती दैनिक गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।  

बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग ९डिएचएससी० का अनुसार नियामक संस्थाका विज्ञले गरेको समीक्षाले सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड खोपले पूरा गरेको छ । बेलायतमा यो खोप जनवरी ४ देखि लगाउन सुरु गरिने र केही सातामै यसको गतिलाई तीव्रता दिइने बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बिबिसीलाई बुधबार बताएका छन् । सन् २०२० को सुरुको महिनादेखि नै अक्सफोर्ड र अस्ट्राजेनेकाले यो खोपको डिजाइन सुरु गरेका थिए । पहिलो स्वयंसेवीलाई अप्रिलमा परीक्षण गरिएको थियो भने त्यसपछि खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण बेलायत, ब्राजिल र भारतका हजारौं स्वयंसेवीमा गरिएको थियो ।

त्यसो त यो खोपको प्रभावकारिता अमेरिकाको फाइजर र मोर्डना कम्पनीले दाबी गरेको ९५ प्रतिशत प्रभावकारिताको तुलनामा कम रहेको छ । यो खोपको प्रभावकारिता सरदरमा ७० प्रतिशत छ । बेलायतले एक महिनाभित्रै खोपको दुवै मात्रा दिनुको सट्टा खोपको पहिलो मात्रा दिएको १२ हप्तापछि मात्र दोस्रो डोज दिने तयारी गरेको छ । यसरी खोपको पहिलो डोजले धेरै जनसंख्यालाई महामारीबाट आंशिक रूपमा सुरक्षा मिल्ने विश्वास बेलायतको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस