काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ । बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो दिनको बैठक साँझसम्म बसेर आजका लागि स्थगित गरिएको हो।
हिजोदेखि सुरु बैठकमा आज १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखेका माओवादी केन्द्रले जानकारी दिएको छ ।
नेतृत्व हस्तान्तरण र कार्यशैलीलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच वाकयुद्ध चलिरहँदा माओवादीको स्थायी समिति बैठक बसिरहेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल भइरहेको उक्त पार्टीका नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०८२, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी स्थायी समिति बैठक : अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध हुन आग्रह