काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ सय ११ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् । बुधबार ६०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर २१७ जना संक्रमितको आईसियुमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ पुस २०७७, १६ : ३८
लेखकबाट थप