काठमाडौँ । देशभर २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० पुगेको छ। यस्तै थप ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ।
हाल देशभर ६ हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६५ जना क्वारेन्टिनमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ पुस २०७७, १६ : १८
लेखकबाट थप