कोरोना अपडेट : ७ जनाको मृत्यु, ६ सय ५९ जना संक्रमित थपिए

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, १६ : २१
कोरोना अपडेट : ७ जनाको मृत्यु, ६ सय ५९ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप  ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजा ८ सय ३२ पुगेको छ।

यस्तै ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।

हाल देशभर ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन् ।


 

प्रतिक्रिया दिनुहोस