कोरोना सन्त्रास : भूूटानमा फेरि लकडाउन

एजेन्सी

सोमबार, १३ पुस २०७७, ०८ : ३६
कोरोना सन्त्रास : भूूटानमा फेरि लकडाउन

एजेन्सी । कोरोनाको खतरालाई ध्यानमा राख्दै भूटानले फेरि लकडाउन गरेको छ । भूटानका प्रधानमन्त्री लोते छिरिङले ७ दिनका लागि लकडाउन घोषणा गरेका हुन् ।

यसक्रममा एक राज्यबाट अर्को राज्यमा आवागमन पूर्णत बन्द रहनेछ । त्यस्तै, कोभिड १९ टास्कफोर्सले समय–समयमा नयाँ गाइडलाईन जारी गर्नेछ । 

प्रधानमन्त्री छिरिङले स्थानीय स्तरमा संक्रमण फैलिएका कारण लकडाउन गर्न बाध्य भएको बताएका छन् । केही दिन पहिले थिम्पूमा ५, पारोमा ३ र लामोझिङग्खामा एकजनामा संक्रमण देखिएको थियो । प्रधानमन्त्री छिरिङले यो अवस्था निकै चिन्ताजनक रहेको बताएका छन् । भूूटानमा अहिलेसम्म कुुल ४ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसमध्ये ४ सय ३० जना निको भइसकेका छन् । अहिलेसम्म भूूटानमा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएको छैन । अर्थात्, आफ्ना देशवासीलाई कोरोनाबाट बचाउन भूूटान सफल छ । २०१८ को गणनाअनुसार भूूटानको कुल जनसंख्या ७ लाख ५४ हजार छ ।

प्रतिक्रिया दिनुहोस