पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु,  ५०० जना संक्रमित थपिए

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १५ : ५७
पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु,  ५०० जना संक्रमित थपिए

काठमाडौँ । शनिबार नेपालमा ५०० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ सय पुगेको छ।

गत २४ घण्टामा ५ हजार ४ सय ३४ पीसीआर परीक्षण भएको छ। हाल देशभर ६ हजार ७ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस