ओलीले जालझेल गरेर संसद विघटन गरे : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १५ : २१
ओलीले जालझेल गरेर संसद विघटन गरे : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले जालझेल गरेर संसद विघटन गरेको बताएका छन् । उनले संसद विघटनको दिनलाई नेपालकै इतिहासको कालो दिनको रुपमा टिप्पणी गरेका छन् ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले संसद विघटनको प्रस्तावविरुद्ध अदालतले फैसला सुनाउने विश्वास भएको बताए। उनले संविधानको मर्म र जनताको भावनाअनुसार अदालतको फैसला आउने विश्वासमा रहेको बताए ।

उनले ओलीले गणतन्त्र धरापमा पारेको आरोप लगाएका छन् । उनले आफूहरु गणतन्त्रका लागि लडिरहदा ओलीले गणतन्त्र असम्भव छ भन्दै आएको समेत स्मरण गरे । 

प्रतिक्रिया दिनुहोस