महानगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्र कार्यविधी प्रमाणीकरण सम्बन्धी गोष्ठी सम्पन्न

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १९ : ०७
महानगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्र कार्यविधी प्रमाणीकरण सम्बन्धी गोष्ठी सम्पन्न

भरतपुर । भरतपुर महानगरपालकिाको आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा तथा आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधी प्रमाणीकरण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी भरतपुरमा सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीको अध्यक्षतामा आयोजित कार्यशालामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, प्रवक्ता अरुण पीडित भण्डारी, महानगरका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, महानगरका विभागीय प्रमुखहरु लगायत सरोकारवालाहरु संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

सहजकर्ताहरु दीपकराज सुवेदी र सन्तोष न्यौपानेले सहजीकरण गरेको कार्यशालामा  महानगरको आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजना र आपत्कालीका कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधीको मस्यौदा  प्रस्तुत गर्दै योजना तर्जुमा प्रक्रिया, वडागत सूचना संकलन, राहत मापदण्डका विषयमा छलफल भएको थियो ।

कार्यशालाबाट प्राप्त सुझावको आधारमा  भरतपुर महानगरको आपत्कालीका पूर्वतयारी तथा प्रतिकार्य योजना तथा आपत्कालीन् कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधीकार्य पूर्ण हुने र सोलाई  नगर कार्यपालिकाको वैठकबाट निर्णय गराउन सहज हुने स्थानीय साझेदार संस्था फरवार्ड नेपालका अध्यक्ष प्रा.डा. माधव कुमार श्रेष्ठले जानकारी दिए । 

युरोपियन युनियन तथा युएनडीपीको आर्थिक एवम् प्राविधिक सहयोगमा भरतपुर महानगरपालिकामा बहुप्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना सञ्चालनमा आएको छ । 

प्रतिक्रिया दिनुहोस