नेकपाको प्रचण्ड–नेपाल समूहले गर्यो आन्दोलनको तयारी, यस्ता छन् कार्यक्रमहरु

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १५ : ३६
नेकपाको प्रचण्ड–नेपाल समूहले गर्यो आन्दोलनको तयारी, यस्ता छन् कार्यक्रमहरु

काठमाडौं । संसद विघटनको विरुद्धमा नेकपा प्रचण्ड-माधव नेपाल पक्षद्वारा आन्दोलन गर्ने भएको छ ।  

थापाथलीमा बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो । 

नेकपा केन्द्रिय समीतिका निर्णय गरेका आन्दोलनका कार्यक्रमहरु:

- १० गते  ९:३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगायत माईतिघर मण्डलामा जम्मा भएर निर्बाचन आयोगमा जाने । 
- दिउसो २:०० बजे पत्रकार सम्मेलन ।
- १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने । 
- १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने । 
- १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने । 
- १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन । 
- २० गतेभित्र नगर र गाउॅपालिकासम्म बैठक, भेला गर्ने । 
- २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने । 
- काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनका विरूद्द दैनिक आन्दोलन गर्ने । 
- क नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनका विरूद्द सघर्ष समिति गठन ।

प्रतिक्रिया दिनुहोस