पार्टी र संसदलाई छल्दै गरिएको संसद विघटन अवैधानिक : पोखरेल

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १४ : ५६
पार्टी र संसदलाई छल्दै गरिएको संसद विघटन अवैधानिक : पोखरेल

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णभक्त पोखरेलले पार्टी र संसदलाई छल्दै गरिएको संसद विघटन अवैधानिक भएको बताएका छन् ।

कानुन व्यवसायीसमेत रहेका नेता पोखरेलले आफ्नै दलसँग पनि छलफल नगरी संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर विघटन गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरे । 

उनले कुनैपनि काम गर्न नसक्ने सरकारले आफ्नो पार्टी र संसदलाई छल्दै संसद नै विघटन गर्ने कार्य गैरकानूनी भएको बताए । संविधानले प्रधानमन्त्री र राष्ट्रपति कसैलाई पनि संसद विघटनको अधिकार नदिएको पनि उनले स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि आफूहरु सर्वोच्च अदालतमा गइसकेको भन्दै पोखरेलले त्यहीँबाट न्याय पाउने विश्वास व्यक्त गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएका केन्द्रीय सदस्यहरुको बहुमत सदस्य नभईकन बसेको बैठकले गरेका निर्णयहरु कुनैपनि कोणबाट आधिकारिक नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस