संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटको सुनुवाई संवैधानिक इजलासमा हुने

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १३ : ४७
संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटको सुनुवाई संवैधानिक इजलासमा हुने

फाइल तस्विर

काठमाडौं । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ ।

बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय गरेको हो । 

बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।

उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस