काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधीसभा विघटन गरेपछि उनलाई उनको पार्टीले अनुशासनको कारवाही गदै पार्टी अध्यक्षबाट हटाएको छ । तर यो ओलीको कदम गैहसम्वैधानिक भएको र संसद जिवितै रहेको तर्क सहित नेकपाकै बहुमत सदस्य रहेको प्रचण्ड र माधव नेपाल समुहले संसद बैठक बोलाउन माग समेत गरिसकेका छन् ।
गत सोमबार ओलीले विघटनको अवस्थामा पुराएको प्रतिनिधीसभाका कुल ९० सांसदहरुले संसद विघटन अवैधानिक भन्दै बैठक बोलाउन माग गरेका हुन् । उनीहरुले हिजो सर्वाेच्च अदालत पुगेर विघटन गैहसम्वैधानिक भएको ठहर गदै त्यस्तो राष्ट्रपति र सरकारको निर्णय खारेज गर्न माग गरेर निवेदन समेत दिईसकेका छन् ।
संसद विघटनको विरुद्ध सर्वाेच्चमा परेका अनेक निवेदन मध्येका पारम्भिक चरणको सुनुवाई सर्वाेच्चमा आज हुदैछ । संसद जिवितै रहेको मतका साथ यसको बैठक बोलाउनु पर्ने तर्कका आधारमा नेकपाको प्रच्ण्ड नेपाल समुहले अन्य दलसँग पनि यसका लागि हातेमालो गदैछन् । कांग्रेस, जसपा सँग मोर्चावन्दी भएको छ ।
जसपाले सडक संर्घषको कार्यक्रम घोषणा गरिसकेको छ । नेकपाले पनि जारी केन्दीय समिति बैठकबाट यस सम्वन्धमा संर्घषका कार्यक्रम बनाउने देखिएको छ ।
यो पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ वजे बस्ने नेकपा संसदीय दलको वैठकले दल नेताबाट ओलीलाई हटाएर अध्यक्ष प्रचण्डलाई दल नेता बनाउने तयारी थालेको छ ।
नेकपामा प्रतिनिधीसभामा कुल १७४ सांसद थिए । जसमध्ये सभामुखलाई छोडने हो भने ८७ सांसद भए बहुमत पुग्छ । तर प्रचण्डहरु सँग ९० सांसदले ओलीको कदम अवैधानिक भएको बताईसकेका छन् । अन्य केही पनि नखुलेका सांसदहरु पनि खुलेर प्रचण्ड नेपाल समुहमा आउने क्रम जारी छ ।
बहुमत सांसदहरुले आज प्रचण्डलाई दलको नेता बनाउने गरी तयारी थालेको एक सांसदले बताए । दलको बैठक दिउसो १ बजे वानेश्वरस्थित संसद भवनको ल्होसे हल मा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ पुस २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’