काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधीसभा विघटन गरेपछि उनलाई उनको पार्टीले अनुशासनको कारवाही गदै पार्टी अध्यक्षबाट हटाएको छ । तर यो ओलीको कदम गैहसम्वैधानिक भएको र संसद जिवितै रहेको तर्क सहित नेकपाकै बहुमत सदस्य रहेको प्रचण्ड र माधव नेपाल समुहले संसद बैठक बोलाउन माग समेत गरिसकेका छन् ।
गत सोमबार ओलीले विघटनको अवस्थामा पुराएको प्रतिनिधीसभाका कुल ९० सांसदहरुले संसद विघटन अवैधानिक भन्दै बैठक बोलाउन माग गरेका हुन् । उनीहरुले हिजो सर्वाेच्च अदालत पुगेर विघटन गैहसम्वैधानिक भएको ठहर गदै त्यस्तो राष्ट्रपति र सरकारको निर्णय खारेज गर्न माग गरेर निवेदन समेत दिईसकेका छन् ।
संसद विघटनको विरुद्ध सर्वाेच्चमा परेका अनेक निवेदन मध्येका पारम्भिक चरणको सुनुवाई सर्वाेच्चमा आज हुदैछ । संसद जिवितै रहेको मतका साथ यसको बैठक बोलाउनु पर्ने तर्कका आधारमा नेकपाको प्रच्ण्ड नेपाल समुहले अन्य दलसँग पनि यसका लागि हातेमालो गदैछन् । कांग्रेस, जसपा सँग मोर्चावन्दी भएको छ ।
जसपाले सडक संर्घषको कार्यक्रम घोषणा गरिसकेको छ । नेकपाले पनि जारी केन्दीय समिति बैठकबाट यस सम्वन्धमा संर्घषका कार्यक्रम बनाउने देखिएको छ ।
यो पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ वजे बस्ने नेकपा संसदीय दलको वैठकले दल नेताबाट ओलीलाई हटाएर अध्यक्ष प्रचण्डलाई दल नेता बनाउने तयारी थालेको छ ।
नेकपामा प्रतिनिधीसभामा कुल १७४ सांसद थिए । जसमध्ये सभामुखलाई छोडने हो भने ८७ सांसद भए बहुमत पुग्छ । तर प्रचण्डहरु सँग ९० सांसदले ओलीको कदम अवैधानिक भएको बताईसकेका छन् । अन्य केही पनि नखुलेका सांसदहरु पनि खुलेर प्रचण्ड नेपाल समुहमा आउने क्रम जारी छ ।
बहुमत सांसदहरुले आज प्रचण्डलाई दलको नेता बनाउने गरी तयारी थालेको एक सांसदले बताए । दलको बैठक दिउसो १ बजे वानेश्वरस्थित संसद भवनको ल्होसे हल मा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ पुस २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन
सहिद परिवारको घरमा प्रचण्डको बास
माओवादी प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद
सहिद तथा बेपत्ता परिवारको एक जनालाई रोजगारी दिने व्यवस्था सुनिश्चित गर्दैछौँ : प्रचण्ड
अभियानमा सहभागी हुन बाँके पुगे ‘प्रचण्ड’
सरकारले लाज पचाएर शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड