निवर्तमान सांसदहरु सबै केन्द्रीय कमिटीमा मनोनित, ओलीले बालुवाटारमै गराए शपथ ग्रहण

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १२ : ४५
निवर्तमान सांसदहरु सबै केन्द्रीय कमिटीमा मनोनित, ओलीले बालुवाटारमै गराए शपथ ग्रहण

file photo

काठमाडौं । ओली समुहका निवर्तमान सांसदहरु सबै केन्द्रिय कमिटीमा मनोनित भएका छन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निवर्तमान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु सबैलाई केन्द्रीय कमिटीमा मनोनित गरेका हुन् । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरु थप गरेर बालुवाटारमा नै शपथ ग्रहण गराएका हुन् ।

आज बालुवाटारमा बसेको बैठकमा ओलीको प्रस्तावलाई अनुमोदन गर्दै केन्द्रीय सदस्यकारुपमा शपथ ग्रहण पनि गराइएको छ । ४४७ जना मौजुदा सदस्यमा ५५६ जना थप गर्ने निर्णय गरेका थिए ।

आज उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका नेता सूर्य थापाले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस