होटल अन्नपूर्ण बन्द हुने

पत्रपत्रिकाबाट

सोमबार, ०६ पुस २०७७, ०८ : ०८
होटल अन्नपूर्ण बन्द हुने

काठमाडौं । राजधानीको दरबारमार्गमा रहेको होटल डेल अन्नपूर्ण बन्द हुने भएको छ । कोभिड–१९ का तत्काल व्यापार व्यवसायमा सुधार हुने अवस्था नदेखेपछि होटल व्यवस्थापन पक्षले होटल बन्द गर्ने निर्णय गरेको हो ।

हालको अवस्थामा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएपछि बन्द गर्ने निर्णयमा पुगेको होटेलले जनाएको छ । “दरबारमार्गको प्राइम लोकेसनमा ४० रोपनी क्षेत्रफलमा फैलिएको ५५ वर्ष पुरानो हो,” होटल संघ नेपालकी अध्यक्ष समेत रहेकी होटल सञ्चालक सिर्जना राणाले भनिन्, “हालको अवस्थामा आम्दानीभन्दा खर्च बढेर गएको छ, त्यसैले सामान्य समय हुने अवस्था पनि अनिश्चित देखकाले होटल बन्द गर्ने निर्णयमा पुगेका हौं ।”

५५ वर्ष पुरानो होटलमा ३६० कर्मचारी छन् । होटेलमा ४० वर्षदेखिका पुराना कर्मचारी छन् । “होटल पनि पुरानो भयो यसलाई नयाँ स्वरुपमा आउनु पनि जरुरी रहेको देखेको छु,” राणाले भनिन्, “नयाँ बिजनेस प्लानका साथ आउनुपर्ने देखेको छु । अहिले नै यो गर्ने भन्ने निर्णय भएको छैन् । होटल पुरानो भएकोले गर्दा समय सापेक्ष होटललाई व्यवस्थापन गर्नु पर्ने सोच हामीले महशुस गरेका छौं ।”कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस