७ मन्त्रीले दिए सामूहिक राजीनामा

यी हुन् राजीनामा दिने मन्त्रीहरु (नामावलीसहित)

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १६ : ४५
७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् । 

राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् । 

आजै प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका थिए भने त्यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन् । 

प्रतिक्रिया दिनुहोस