प्रधानमन्त्री ओलीले आफु तानाशाही भएको पुष्टि गरे : जनार्दन शर्मा

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १६ : ११
प्रधानमन्त्री ओलीले आफु तानाशाही भएको पुष्टि गरे : जनार्दन शर्मा

file photo

काठमाडौं । नेकपा नेता जनार्दन शर्मा प्रभाकरले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमले उनी आफु तानाशाही भएको पुष्टि भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफुलाई राष्ट्रिय स्वाधिनताका विरुद्धमा, निरंकुशतन्त्र र राष्ट्रघातको पक्षमा उभ्याएको बताएका छन् ।

अत्याधिक बहुमतको आफ्नो सरकार हुँदाहुँदै प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्नु संविधान र कुनैपनि कानुनअनुसार नभएको भन्दै उनले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान र मुलुकको प्रचलित कानुन अस्वीकार गरेको पुष्टि भएको पनि बताए ।

‘प्रधानमन्त्रीको यो कदमबाट उनी आफु तानाशाही भएको पुष्टि भयो’,  पुर्वगृहमन्त्री समेत रहेका शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको विरुद्ध निरंकुशतन्त्र, राष्ट्रघात र आत्मसमपर्णवादको पक्षमा ओली रहेको पुष्टि भएको पनि बताए । शर्माले यस्तो असंवैधानिक कदमलाई राष्ट्रपतिले रोक्नुपर्नेमा जोड समेत दिए ।

 

प्रतिक्रिया दिनुहोस