आज हुन सकेन राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध रिट दायर

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १५ : ५९
आज हुन सकेन राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध रिट दायर

काठमार्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेको सिफारिसलाई सदर गरि दिएको विषयमा सर्वोच्च अदालतमा भोली रिट दायर हुने भएको छ ।

रिट दायरको तयारीमा रहेका कानुनविद्हरुका अनुसार रिट दायरका लागि भोलि बिहानै अदालती प्रकृया सुरु गरिनेछ ।

अधिवक्ता राजनकुमार निरौलाका भनाइमा सामान्यत ‘टि ब्रेक’ अघि प्रकृया सुरु गरियो भने मात्र रिट दायर हुन्छ । टि ब्रेकपछि प्रकृया सुरु गरिएका रिट दायर भएका घटना सायदै छैनन् ।

सर्वोच्च अदालतमा १ देखि २ बजेसम्म ‘टि टाइम’ हो । राष्ट्रपति भण्डारीले साढे दुई बजेतिर मात्र प्रधानमन्त्री ओलीको सिफारिसलाई सदर गरि दिएकाले आज रिट निवेदन दिन ढिला भएको हो ।

त्यसमाथि रिट निवेदन दर्ता गर्न समय लाग्छ । रिट शाखामा पुगेर मात्र हु“दैन । रजिष्टार, मुख्य रजिष्टारले हेर्ने चलन छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको गम्भीर दुरुपयोग गरेर कू गरेका छन् ।

त्यसैले संविधान जोगाउन पनि रिट दायर गरेर अदालत गुहार्नुको विकल्प छैन । ‘रिट दायर हुन्छ म त्यसको तयारी गरिरहेको छु’, त्रिपाठी भन्छन् ‘दर्ता गर्न भोलि अदालत खुल्न बित्तिकै जान्छु ।’

प्रतिक्रिया दिनुहोस