सामूहिक राजीनामा दिने पाँच जना मन्त्रीको तयारी

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १४ : २९
सामूहिक राजीनामा दिने पाँच जना मन्त्रीको तयारी

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले सामूिहक राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ । उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।

त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिए ।  यसैबीच माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने राजीनामाबारे कुनै निर्णय नगरेको बुझिएको छ ।

उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने एक मन्त्रीले जानकारी दिए । 
संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस