संसद विघटन सिफारिसप्रति पत्रकार महासंघले जनायो आपत्ति

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १४ : ०४
संसद विघटन सिफारिसप्रति पत्रकार महासंघले जनायो आपत्ति

काठमाडौं । संसद विघटन गर्ने सरकारको सिफारिसको नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र फिर्ता लिन दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर बज्रपात हुन पुगेको जनाएको छ।

पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीको यो कदम २०६२( ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भएको नेपाल पत्रकार महासंघको ठहर छ ।’

संसद विघटन गर्ने प्रस्ताव स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष महासंघले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस