संसद विघटनको सिफारिसप्रती राष्ट्रिय जनमोर्चा पार्टीको गम्भीर आपत्ति

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १३ : ४७
संसद विघटनको सिफारिसप्रती राष्ट्रिय जनमोर्चा पार्टीको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले संसद विघटनको सिफारिस गरेकोमा राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गरेको छ ।

सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो दलको विवाद मिलाउन नसकेर मन्त्रिपरिषद्को निर्णयद्वारा प्रतिनिधिसभा विघटन गर्ने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने कार्य गरेकोमा त्यसको भर्त्सना गरेका हुन् । 

सरकारको उक्त कदमलाई राष्ट्रिय जनमोर्चाले ‘अप्रजातान्त्रिक कदम’ एवं ‘गम्भीर गल्ती’ भनेको छ ।

‘प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको विवाद मिलाउन नसकेर मन्त्रिपरिषद्को निर्णयद्वारा प्रतिनिधिसभा विघटन गर्ने र त्यसको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने कार्यलाई राष्ट्रिय जनमोर्चाले अप्रजातान्त्रिक कदम एवं गम्भीर गल्ती मान्दछ,’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको हामीले तीव्र विरोध र भर्त्सना गर्दछौँ ।’
 

प्रतिक्रिया दिनुहोस