संसद् विघटन प्रस्तावको विरोध गर्दै पोखरामा प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १३ : ३०
संसद् विघटन प्रस्तावको विरोध गर्दै पोखरामा प्रदर्शन

पोखरा । संसद् विघटनको प्रस्तावको विरोध गर्दौ पोखरामा सत्तारुढ विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालनिकट विद्यार्थीले टायर बालेर विरोध जनाएका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन् ।

उनीहरुले प्रधानमन्‍त्री केपी ओलीको कदमविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीको कदम अलोकतान्त्रिक भएको बताए । प्रहरीले भने थप सुरक्षा मगाएको छ ।

यस्तै, पोखरामा विभिन्‍न दलनिकटका संगठनहरुले पनि आज प्रदर्शन गर्ने तयारी गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस