संसद विघटनको प्रस्तावप्रति बामदेवले विरोध समर्थन दुबै नगर्ने

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १२ : २०
संसद विघटनको प्रस्तावप्रति बामदेवले विरोध समर्थन दुबै नगर्ने

काठमाडौँ । संसद विघटनको प्रस्तावप्रति नेकपा उपाध्यक्ष वामदेव गौतमले समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने जनाएका छन् । 
उनले आफू पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।
‘संसद विघटन न मेरो समर्थन न विरोध पर्खर र हेरको अवस्थामा छु’ उपाध्यक्ष गौतमले आफ्ना सहयोगी विश्वमणी सुवेदीमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस