संसद विघटनको प्रस्तावको प्रतिवाद गरे तीन मन्त्रीले

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १२ : ०८
संसद विघटनको प्रस्तावको प्रतिवाद गरे तीन मन्त्रीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा गरेपछि ३ मन्त्रीले प्रतिवाद गरेका छन् । ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले ओलीको उक्त प्रस्तावको प्रतिवाद गरेका थिए । 

उनीहरुले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाँदा जनमतको अपमान हुने, असंवैधानिक हुने बताउँदै प्रतिवाद गरेका थिए । ओलीले कुनै तर्क नगरी तपाईँहरुको कुरा सुनेँ भन्दै हतारहतार निर्णय गराएर हिँडेका थिए । 
 

प्रतिक्रिया दिनुहोस