ओलीको कदमपछि राप्रपाले बोलायो आकस्मिक बैठक

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, ११ : ५३
ओलीको कदमपछि राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ । 

राप्रपा नेता मोहन श्रेष्ठले आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिकहाँ सिफारिस पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस