ओली पहिलेदेखि नै संविधानप्रति बफादार थिएनन्, त्यसको पुष्टि अहिले भयो  ः गगन थापा

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, ११ : ४४
ओली पहिलेदेखि नै संविधानप्रति बफादार थिएनन्, त्यसको पुष्टि अहिले भयो  ः गगन थापा

file photo

काठमाडौं । प्रधानमन्त्री केपी ओली पहिलेदेखि नै संविधानप्रति बफादार नरहेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

प्रधानमन्त्री  ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि थापाले प्रधानमन्त्रीको ‘असंवैधानिक कदम’ भएको बताउँदै ओली पहिलेदेखि नै संविधानप्रति बफादार नरहेको बताएका हुन् । 

“हामीले संविधान बनाउँदै गर्दा एउटै पार्टीभित्रको झगडाले मध्यावधिमा जाने कल्पना गरेनौं । यो कदम असंवैधानिक देखिन्छ,” थापाले भने,

“हामीले प्रधानमन्त्रीको नालायकीको अयोग्यताको बारेमा कुरा गर्दा यो संविधानप्रतिको प्रतिवद्धताका बारेमा पनि कुरा गर्नुपर्छ । ओली अहंकारी र अयोग्यता मिसिएका व्यक्ति हुन् । आफ्ना लागि जे पनि गर्न सक्छन् भन्ने देखिन्छ । आजको मितिबाट प्रधानमन्त्रीसँगै नेकपाको पनि वैधता सकियो । जे सुकै भए पनि नेकपाले पाएको म्यान्डेट र बैधता सकियो । जनताले नेकपालाई प्रचण्ड बहुमत दिए । त्यो गलत सावित भयो ।”
 
 

प्रतिक्रिया दिनुहोस