संविधानअनुसार संसद विघटन गर्न मिल्दैन : कांग्रेस नेता पौडेल

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, ११ : २७
संविधानअनुसार संसद विघटन गर्न मिल्दैन : कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको संविधानअनुसार संसद विघटन गर्न नमिल्ने बताएका छन् । 

‘यो लोकतन्त्र विपरीत छ, राष्ट्र हितविपरीत छ, अहिलेको संविधानअनुसार विघटन गर्न मिल्ने प्रावधान छैन’ सामाजिक सञ्जालमा नेता पौडेलले लेखेका छन्, ‘राष्ट्रपतिले यसलाई स्वीकार गर्नुहुँदैन, यसलाई फिर्ता गर्नुपर्छ ।’
 

प्रतिक्रिया दिनुहोस