संसद विघटनको सिफारिस संविधानविपरीत : डा भट्टराई

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, ११ : १८
संसद विघटनको सिफारिस संविधानविपरीत : डा भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् । उनले संसद विघटनको प्रतिवाद गर्नसमेत आह्वान गरेका छन् । 

ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । यसको चौतर्फी आलोचना सुरु हुन थालेको छ । 

दुई तिहाई नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैर जिम्मेवारपूर्ण हर्कत भएको भन्दै डा भट्टराईले यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिवाद गर्नुपर्ने बताएका छन्् । 

प्रतिक्रिया दिनुहोस