स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाइ सांसदहरुको प्रश्न : स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता किन ?

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, १९ : ०९
स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाइ सांसदहरुको प्रश्न : स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता किन ?

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उपस्थित भएका सांसदहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको सम्बन्धमा प्रश्नैप्रश्न गरेका छन् । 

खरिद प्रक्रियामा अनियमितता बाहेक केही पनि नभएको सांसदहरुले बताए ।

मुलुक कोभिडको कारण आक्रान्त भएको अवस्थामा छिटो छरितो खरिद गर्ने नाउँमा रातारात सबै काम सक्ने र अनियमितता गर्ने काम भएको भन्दै सांसदहरुले स्वास्थ्य मन्त्री ढकालसँग जवाफ मागेका हुन् । 

आवश्यकताको नाउँमा अनियमितता गरेको प्रष्ट देखिने भएकाले मन्त्री ढकालले इमान्दार भएर जवाफ दिनुपर्ने सांसदहरुले बताएका छन् । 
 

 

प्रतिक्रिया दिनुहोस