संवैधानिक परिषदबारे सभामुखलाई थाहा छैन, देउवा नजाने

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १५ : ४९
संवैधानिक परिषदबारे सभामुखलाई थाहा छैन, देउवा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । 

सभामुख अग्‍निप्रसाद सापकोटाको सचिवालयले आज ५ बजे बोलाइएको बैठकबारे अनविज्ञता व्यक्त गरे ।  सभामुख सापकोटालाई भने बैठकबारे जानकारी नगएको बुझिएको छ । सभामुखको सचिवालयले भनेको छ, ‘संवैधानिक परिषदबारे थाहा छैन ।’

सभामुखका स्वकीय सचिव गोविन्द पाठकले बैठकबारे थाहा नभएको बताए । यसअघिको बैठकमा सभामुख सापकोटाले पूर्वतयारी नभएको, गृहकार्य नभएको भन्दै गएका थिएनन् । अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्री ओलीले परिषद्को बैठक डाकेका हुन् । 

विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको उनी निकट स्रोतले बताएको छ ।  बैठक किन बोलाइएको भन्ने खुलेको छैन । 

कांग्रेस सभापति देउवा भने नजाने भएका उनीनिकट स्रोतले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस