प्रधानमन्त्री ओलीले बोलाए आज साँझ संवैधानिक परिषद बैठक

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १४ : ४८
प्रधानमन्त्री ओलीले बोलाए आज साँझ संवैधानिक परिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषदको बैठक बोलाएका छन् ।  उनले साँझ ५ः३० बजे संवैधानिक परिषद बैठक बोलाएका हुन्  ।

परिषदसम्बन्धी राष्ट्रपतिबाट जारी अध्यादेश फिर्ता भइसकेको छैन । अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्री ‌ओलीले संवैधानिक परिषद बैठक बोलाएका छन् । 

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परिषद बैठक बोलाएको जानकारी पठाइसकेका छन्। अध्यादेश फिर्ता नलिई प्रधानमन्त्री ओलीले किन परिषद बैठक बोलाए भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस