काठमार्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।
सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ ।
बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो ।
स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ पुस २०७७, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक