गण्डकीमा ६२ कोरोना सङ्क्रमित थपिए

रासस

बुधबार, ०१ पुस २०७७, १८ : ३३
गण्डकीमा ६२ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ । गण्डकी प्रदेशमा ६२ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का ७६ वर्षीय र वडा नं १२ का ८४ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहेका छन् । 

प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १८६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

आज थपिएकासहित प्रदेशमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ५८३ पुगेको छ । प्रदेशमा हालसम्म एक हजार ६३२ सक्रिय सङ्क्रमित पुगेका छन् भने निको हुनेको सङ्ख्या ११ हजार ७६५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस