संवैधानिक परिषदको बैठक आज बस्दै

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, ०९ : ३१
संवैधानिक परिषदको बैठक आज बस्दै

काठमाडौँ । प्रधानमन्त्री ओलीको आव्हानमा संवैधानिक परिषदको बैठक (आज) मंगलबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने छ ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेभएपछि स्थगित भएको थियो । देउवका स्वकीय सचिव भानु देउवाका अनुसार  आजको बैठकमा देउवा सहभागी हुने निश्चित भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छन् । बैठकमा ती पदमा नियुक्ति हुनेछ ।

प्रतिक्रिया दिनुहोस